सुनको भाउ बढ्यो

0
Shares

काठमाडौं, (नेस) ।

नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार पाँच सय रुपियाँले बढेको छ । तिहारपछि खुलेको पहिलो दिनको कारोबारमा छापावाल सुन ९२ हजार ५ सय रुपियाँमा कारोबार भएको छ । तिहार अघि बिहीबार प्रतितोला ९१ हजार रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपियाँ रहको थियो । तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपियाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १ हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला २५ रुपियाँले बढेर १ हजार २५० रुपियाँमा कारोबार भएको छ ।