दोहोरो अंकले नेप्सेमा गिरावट



काठमाडौं, (नेस) ।

तिहार बिदापछि सोमबार खुलेको शेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १९ दशमलव २० अंकले घटेर २८२९ दशमलव ६४ बिन्दुमा ओर्लेको छ ।

कुल २३० कम्पनीको ७२ लाख सात हजार कित्ता शेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ३९ खर्ब ७९ अर्ब ७ करोड ६६ लाख भएको छ । सोमबार कारोबार भएका १३ समूहमध्ये सोमबार तीन समूहको शेयर उकालो लाग्यो भने १० समूहको शेयर भने ओरालो लागेको छ । वित्त २१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य दशमलव शून्य ८ र लगानी समूह शून्य दशमलव ६३ अंकले बढेको छ ।

त्यस्तै, बैंकिङ १९ दशमलव ९६, व्यापार १४ दशमलव ७६, होटल तथा पर्यटन २९ दशमलव ६५, विकास बैंक ७० दशमलव शून्य ५, जलविद्युत् १३ दशमलव शून्य २, निर्जीवन बीमा १३७ दशमलव ३७, उत्पादन २९ दशमलव ३६, अन्य २३ दशमलव १२, लघुवित्त ५५ दशमलव ३५ र जीवन बीमा १०० दशमलव शून्य ४ अंकले घटेको छ ।

त्यस्तै कारोबारका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ५२ करोड १० लाख ३ हजार रुपियाँको कारोबार भयो । त्यस्तै नबिल बैंकको ३० करोड ३३ लाख २९ हजार, आईसीएफसी फाइनान्सको २२ करोड ४० लाख ८१ हजार, नेसनल हाइड्रोपावरको १५ करोड ४१ लाख ५८ हजार र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ८ लाख ४० हजारको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको आईसीएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै महालक्ष्मी विकास बैँकका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतले कमाएका छन् । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स ७ दशमलव ९६, पाँचथर पावरको ४ दशमलव ९५, कालिका पावरको ४ दशमलव ७०, हिमालयन ऊर्जा विकास कम्पनीको ४ दशमलव ३० र जोशी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्