३ वटा इजलासमा सुनुवाइ

0
Shares

काठमाडौं, (नेस) ।

तिहार बिदापछि कार्यालय खुलेको पहिलो दिन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संलग्न भएका बाहेक सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ

दुई एकल र चारवटा संयुक्त इजलास गठन भएकोमा सबै इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेका हुन् । न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र कुमार चुडालले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्नुभएको थियो ।

प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको भने पेसी तोकेको थिएन । प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले तिहारअघि एक सातासम्म इजलासमा नबसेर छलफल गरेका थिए । तर, तिहार बिदाको अघिल्लो दिन उनीहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए ।

न्यायाधीशहरूबीच जबरा इजलासमा नबस्ने समझदारी भएको बताइएको थियो । तर, राणाले आफ्ना लागि समेत सोमबार इजलास तोकेका थिए । राणाले आफ्ना लागि इजलास तोकेपछि सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित अन्य न्यायाधीशहरू छलफलमा छन् । सोमबार ६ वटा इजलास गठन भएकोमा ३ वटा इजलासमा सुनुवाइ भएको हो ।