बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


न्युज अफ नेपाल, काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार बसेको बागमती प्रदेश सभा बैठकबाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको थियो भने विपक्षमा ४३ मत खसेको थियो । यस्तै दुई जना सांसद तटस्थ बसेका थिए ।

मुख्यमन्त्री पाण्डे पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता समेत हुन् ।