कृषि मन्त्रीको स्वकीय सचिवमा प्रजापति

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवको स्वकीय सचिवमा सबरकुमार प्रजापति नियुक्त हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेता प्रजापति बेपाका स्थायी बासिन्दा हुन ।

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारमा जसपाले कृषि मन्त्रालय सहित चार मन्त्रालय पाएको थियो । कृषि प्रधान देशको रूपमा परिचित नेपालमा कृषि मन्त्रालयको भूमिका महत्त्वपूर्ण मानिन्छ  ।
प्रजापति विगत लामो समयदेखि मधेस केन्द्रित दलसँग आबद्ध थिए ।

रसायनीक मलका साथै विउविजनको समेत समस्याबाट पीडित बनेका किसानहरूको समस्या समाधान गरी परम्परागत निर्वाहमुखी कृषि पेसालाई व्यवसायीका कृषि पेसा बनाउन मन्त्रीको स्वकीय सचिवको हैसियतले आफ्नो भूमिका रहने प्रजापति बताउनु हुन्छ ।