जुवातास नियन्त्रणमा प्रहरी अभियान

0
Shares

वीरगञ्ज ।

पर्सा प्रहरीले चाडपर्वका बेला आर्थिकपमा जितहार हुने सबैखाले जुवालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । ठूलो परिमाणमा सम्पतिको हार जित हुनेखालका जुवातासलाई निरुत्साही पार्नका लागि अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजनालाई निरन्तता दिइएको उहाँको भनाइ थियो । चाडपर्वमा हर्षोल्लासको माहोल र भीडभाड साविकभन्दा बढी हुने र त्यसबखत आर्थिक कारोबारको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीजस्ता घटना बृद्धि हुने गरेको छ ।

सीमापारिबाट समेत अपराधी नेपाल आउनसक्ने हुनाले सीमावर्ती प्रहरी एकाइले भारतीय प्रहरीसँग समन्वय गरी त्यस्ता व्यक्तिको पहिचान गर्नाका साथै निरन्तर जाँच गर्ने तथा शङ्कास्पद व्यक्तिलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाइएको छ ।

प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनगर गरी सुरक्षा रणनीति, कारबाही, ड्युटी परिचालनका साथै ट्राफिक व्यवस्थापनसम्मको योजना जारी गरेको हो ।

लामखुट्टे नियन्त्रण गर्न औषधि

वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘औषधि छर्न थालेको छ । जाडो मौसमको सुरुवातसँगै महानगर क्षेत्रमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न महानगरपालिकाले औषधि छर्ने काम थालेको हो ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको सङ्क्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा क्रमशः औषधि छर्ने काम गरिने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । यो काम आगामी मङ्सिर १० गतेसम्म सञ्चालन गरिने जनाइएको छ ।

यसअघि यही कात्तिक २ देखि ११ गतेसम्म महानगरले लामखुट्टेको लार्भा मार्न खुला नाला र खाल्डाखुल्डीमा ब्लिचिङ पाउडर छरेको थियो । लामखुट्टकोे फुल लार्भा र प्युपा हुँदै वयस्क अवस्थामा पुग्छ । स्थिर अवस्थामा रहेको तालपोखरी, खेत, खाल्डाखुल्डीमा जमेको पानीमा यो हुर्कने गरेको छ । डेंगु फैलाउने लामखुट्टे टायरमा जमेको पानी, फ्रिज, गमला वा ट्याङ्कीमा हुने सफा पानीमा हुर्कन्छ ।

चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगञ्जमा लामखुट्टेको अत्यधिक प्रकोप देखिन थालेको छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकालाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने काम गर्दै आएको छ ।