हेटौंडा सामुदायिक आँखा अस्पताल मुस्ताङमा


हेटौंडा, ।

हेटौंडा सामुदायिक आँखा अस्पतालले तिलगंगा आँखा अस्पताल र सामुदायिक आँखा केन्द्र मुस्ताङको समन्वयमा मुस्ताङमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

कार्तिक पहिलो साता माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा शिविर सञ्चालन गरिएको होे । लोघेकर दामोदरकुण्ड गाउँपालिका, चराङ स्वास्थ्यचौकी र आमा समूहको समन्वयमा माथिल्लो मुस्ताङको लोमान्थाङ, चराङ, सुखाङ्गलगायत स्थानमा शिविर सञ्चालन गरी मोतिविन्दुका बिरामी छनौट गरेर शल्यक्रिया गरिएको थियो ।

जिल्ला अस्पताल मुस्ताङ, घरापजोड गाउँपालिका, मुस्ताङ कल्याणकारी समाज, नेपाल रेडक्रस सोसाइटी मुस्ताङको समन्वयमा तल्लो मुस्ताङको जोमसोम, फलाक, कागबेनी, कुञ्जु, कोबाङलगायत स्थानमा शिविर सञ्चालन गरी मोतिविन्दुका बिरामी छनौट गरिएको थियो ।

हेटाैडा सामुदायिक आँखा अस्पताल प्रमुख डा. सुनिल थकालीको नेतृत्वमा गएको टोलीले दुवै स्थान गरी ७ सय ९८ बिरामीको निःशुल्क आाखाजाच र आवश्यक औषधि बितरण र ५० जना बिरामीको निःशुल्करुपमा मोतिविन्दुको शल्यक्रिया गरेको थियो ।