मिनी ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


भक्तपुर । 

मिनी ट्रकसँग ठोक्किएर भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका १ यति कार्पेटनजिक दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार सुरज तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

व्यासीबाट सल्लाघारीतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पाट्र्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्रदेश ३–०१–००३ क ५०६५ नम्बरको मिनी ट्रकसँग ठोक्किएको हो।दुर्घटनामा मोटरसाइकल पछाडि सवार सुरज तामाङ गम्भीर घाइते भएका थिए । चाँगुनारायण ५ छालिङ बस्ने २० वर्षीय सुरजको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार हुँदाहुँदै मृत्यु भएको परिसरका सूचना अधिकृत दिपक गिरीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक  छालिङमै बस्ने वर्ष १९ का महेश्वर खड्कालाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।  मिनिट्रक र त्यसका चालक भक्तपुर १० कमल विनायक महालक्ष्मी बस्ने लक्ष्मी प्रसाद दुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असावधानीपूर्वक सवारी साधन चलाउँदा दुर्घटना हुन गएको प्रहरीको भनाई छ ।