अपडेट : घान्द्रुक जिप दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत

97.01k
Shares

टंक अधिकारी, पोखरा । 

पर्यटकीय गाउँ घान्द्रुकमा आज दिउँसो साढे १ बजे जिप दुर्घटना हुँदा चालक खुसीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । कास्कीको घान्द्रुक खण्डमा जिप दुर्घटनामा परि मृत्यु भएकाको ८ जनाकै सनाखत भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँ पुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौँ महानगर ३ गोङ्गबुका १८ वर्षीय जिनलव घिसिङ, सोही स्थानकी वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० का सुमन चौधरी, वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाडौँ ३ गोङ्गबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन् ।

दुर्घटनामा गोङ्गबुकै वर्ष २० की देवीका घिसिङ घाइते भएकी छिन् । भिरमा अड्किएकी उनको बायाँ हात र नाकमा चोट लागेको छ । प्राप्त जानकारी अनुसार पोखरास्थित हरि चोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कला भीरमा दुर्घटनामा परेको हो । जिपमा चालक सहित ९ जना यात्रु सवार थिए ।

ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् ।  उनी भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ ।

घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु