शनिबार थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

812
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

शनिबार थप ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२३ जना संक्रमणमुक्त भएका छन् । यस्तै आज थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।