फस्ट लुक्समा छोरी


अमेरिकामा धन–सम्पत्ति प्रशस्त भएर पनि दशैं, तिहार, तीजजस्ता चाडपर्व मनाउन नपाएको एउटी छोरी र नेपालमा धन–सम्पत्ति प्रशस्त भएर पनि आफन्त परिवार अनि आफ्नो सन्तान आफूसँग नभएको बाबुको पीडामाथि बनेको छोटो फिल्म छोरीको फस्ट लुक सार्वजनिक भएको छ।

केवल १५ मिनेटको फिल्म वसन्त पोख्रेलको लेखन र निर्देशनमा तयार भएको हो। सुरेन्द्र थापाद्वारा प्रस्तुत तथा सुवासप्रसाद पाण्डेद्वारा निर्मित र नमराज भण्डारीको कार्यकारी निर्माणमा बनको छोटो फिल्ममा ज्ञानु राईको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको छ। दशंैको छेको पारेर डिजिटल प्रविधिबाट रिलिज गरिने फिल्ममा वसन्त पोख्रेल, सरिता भुजेल, अजय पन्त, सुरेन्द्र थापालगायतका कलाकारले अभिनय गरेका छन् ।