छायांकनमा अञ्जली


फाल्गुनन्द लिङ्देन फिल्म्सको ब्यानरमा निर्माणाधीन फिल्म अञ्जलीको हाल उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ।
घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको फिल्मको निर्देशन दिनेश लिङ्देनले गरिरहेका छन्।

फिल्ममा कथा पनि उनकै छ। दिक्पाल कार्की, एलिना बासकोटा, यासेली योङहाङ, शर्मिला शर्मा, विमला खजुम लिम्बू, हाङ चेम्जोङ, विमला गिरी, प्रज्ज्वलिका गिरी, नरेश वनेम, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खड्का, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, विमल ढुंगेल, दावा शेर्पा, पे्रम आले मगर, देव राई, मेख मगरले अभिनय रहेको फिल्मको छायांकन सुशिल अधिकारी, द्वन्द्व पुन्य ओझा, नृत्य निर्देशन दिनेश माङमुले गरिरहेका छन्। कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहालले निर्माण गरिरहेका फिल्म आगामी मंसिरमा रिलिज गरिने बताइएको छ।