राष्ट्रिय सुरक्षा छाताभित्र शिक्षा नीति बनाउनु पर्छः राष्ट्रपति भण्डारी


न्युज अफ नेपाल,काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सुरक्षा छाता भित्र नेपालको शिक्षा नीति बनाउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय शिक्षा क्षेत्रमा उल्लेख्य सुधार हुन नसकेको अवस्थामा नेपालको शिक्षा क्षेत्रको पछिल्लो अवस्थाबारे पत्रकारसंग जानकारी लिने क्रममा राष्ट्रपति भण्डारीले सो विषय उल्लेख गर्नुभएको हो ।

उहाले समग्र शिक्षा क्षेत्रको ऐन, नीति नियम निर्माण गर्दा नेपालको राष्ट्रिय सुरक्षा नीतिसंग नबाझिने किसिमको हुनुपर्ने बताउनुभयो । शिक्षा पत्रकार सञ्जाल (इजोन) आवद्ध शिक्षा पत्रकारहरुसँग भएको छलफल मा उहाले सरकारले शिक्षामा प्राथमिकताका साथ लगानी गरेपछि आवश्यकता बढ्दै गएकोले लगानी कम हुन थालेको उल्लेख गर्नुभयो ।

उहाले भन्नुभयो–नेपालको शैक्षिक क्षेत्रको आश्यकता बढेर गएको होला बजेट कम हु्न थालेको छ । त्यसको लागि सरकारले शिक्षाको बजेट २० प्रतिशत सम्म पु¥याउन आग्रह गर्नुभयो । शिक्षाका विभिन्न विषयबारे पत्रकारको धारणा सुनेपछि सम्बोधन गर्नेक्रममा उहाले निजी क्षेत्रलाई नियन्त्रण गर्ने भन्दापनि नियमन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । भन्नुभयो–सार्वजनिक शिक्षा सुदृढ गरेपछि निजी शिक्षा क्षेत्र आफै बन्द हुन्छ ।

उहाले त्यसको लागि सामुदायीक विद्यालय, सरकारी विश्वविद्यालयको अवस्थामा सुधार ल्याउनुपर्ने बताउनुभयो । मुलकको सार्वजनिक विद्यालयको पछिल्लो दुरावस्थाबारे टिप्पणी गर्दै उहाले अहिले १५–१६ जना शिक्षक भएका विद्यालयमा दुई जना विद्यार्थी पढ्ने गरेको उल्लेख गर्दै त्यस्ता विद्यालयलाई सुधार गर्न ध्यान दिनुपर्ने सुझाब दिनुभयो ।

‘मलाई शिक्षा क्षेत्रमा धेरै जान्ने र बुझ्न मन छ , त्यस विषयमा तपाईहरुले समय समयमा शिक्षाको बारेमा कलम चलाउदा नेपालको शिक्षाको अवस्थाबारे आफुले धेरै जान्ने अवसर पाइरहेको बताउदै राष्ट्रपति भण्डारीले भन्नुभयो– तपाईहरुको सही समाचारले नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन मद्धत पुग्नेछ ।

दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय शिक्षा नीति बनाउनु पर्छ , यस्को लागि सबै दलको सहयोग अपरिहार्य हन्छ –उहाको भनाई थियो । उहाले शिक्षामा सबैको सहज पहुच पुग्नुपर्ने उल्लेख गर्नुभयो ।‘देशको शिक्षा नीति कस्तो हुनुपर्ने हो भन्ने बारेमा सोच्ने बेला आइसकेको छ । शिक्षा क्षेत्रमा दीर्घकालीन असर पर्ने भएकाले सङ्घीय शिक्षा ऐन आवश्यक भएको बताउदै त्यसको लागि संसदहरु अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

‘देशभरि ३५ हजार विद्यालय छन् ,एक सयभन्दा बढी विद्यार्थी नभएका थुप्रै विद्यालय छन , कही बढी विद्यार्थी भएर भौतिक संरचना अपुग भैरहेको छ त कतै शिक्षक अभावले विद्यार्थीलाई पढाउन समस्या परिरहेको छ ।–सार्वजनिक विद्यालयको पछिल्लो अवस्थाबारे जानकारी गराउदै राष्ट्रपति भण्डारीले भन्नुभयो–धेरै व्द्यिार्थी भएका विद्यालयमा भौतिक संरचना र शिक्षक हुनुपर्छ, कम विद्यार्थी भएका विद्यालयको शैक्षिक स्तर सुधार्न गुणस्तरमा ध्यान दिनुपर्छ ।

उहाँले विदेशमा शिक्षा आर्जन गर्ने विद्यार्थीबाट बर्सेनि अर्बाैँ रुपियाँ विदेशिएको र ती विद्यार्थीको नागरिक हक भएकाले उनीहरुलाई विदेश जानबाट रोक्न नमिल्ने बताउँदै विदेशमा उपलब्ध हुने स्तरको शिक्षा नेपालमै उपलब्ध हुन सके नेपाली विद्यार्थी विदेश जानबाट रोकिने उहाको भनाई थियो ।

उहाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले शिक्षाको गुणस्तरमा सुधार ल्याउन महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । केही विद्यालयको भौतिक सुधार भएको छ । केही विद्यालयले कम्युटर किनेर वैकल्पिक कक्षा शुरु गर्न पाएका छन । यो कार्यक्रमलाई उपलब्धीमुलक शिक्षामा खर्च गर्न आफ्नो चहाना रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा पत्रकार सञ्जालका अध्यक्ष प्रकृति अधिकारीले कर्मचारी समायोजनले शिक्षामा पारेको प्रभाव, सल्लाहकार ईश्वरराज ढकालले राष्ट्रपति शैक्षिक सुधारमा देखिएको समस्या, सल्लाहकार गणेश राईले मातृभाषा शिक्षाका, सल्लाहकार रुबी रौनियारले प्रदेश २ को शैक्षिक अवस्था, सल्लाहकार भवानीश्वर गौतमले उच्च शिक्षामा झाँगिदै गएको समस्याका , महासचिव विनोद घिमिरेले सङ्घीय शिक्षा ऐन नआउँदा शिक्षामा परेको प्रभाव कोषाध्यक्ष रविचन्द्र पराजुलीले निजी शिक्षाको प्रभावका, सदस्य रुपेश आचार्यले सामुदायिक शिक्षामा देखिएको समस्याका बारेमा र सदस्य लवराज ओलीले छात्रा शिक्षामा देखिएका समस्याका बारेमा आ– आफ्नो धाराणा राख्नुभएको थियो ।