विश्व बैँकद्वारा माथिल्लो अरूणमा चासो

14
Shares

काठमाडौ, (नेस) ।

दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले पाँच दिने नेपाल भ्रमण सम्पन्न गरेका छन् ।उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तीव्र विस्तार तथा आर्थिक पुनुरूत्थानमा जोडसहितको कोभिड प्रतिकार्यको स्रहाना गर्दै द्रुत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई समेत जोड दिएका थिए ।

‘विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागि हामी सरकार, विकास साझेदारहरु, निजी क्षेत्र, नागरिक समाज र अन्य प्रमुख सरोकारवालाहरु मिलेर काम गर्न प्रतिवद्ध छौं ।’ सेफरको भनाइ थियो

सेफरले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि भ्रमण तथा अवलोकन गरेका थिए । विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सिमापार विद्युत व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययन कार्यमा सहयोग गरिरहेको छ ।