रमन रेग्मीको तिमिलाई भेटेदेखि सार्वजनिक


काठमाडौं ।

नायिका बेनिसा हमाल र मोडल बिकास लामिछाने फ़िचर्ड रोमान्टिक म्युजिक भिडियो तिमिलाई भेटेदेखिु सार्वजनिक भएको छ।रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक गीतमा उनलाई गायिका मिलन नेवारले साथ् दिएकी छिन। गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन् । सबिना कुवर रेग्मिले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाइको छायांकन , बिकास धमलाको सम्पादन ,कुसुम बुटिकको ड्रेस ,अनिता ग्वचाको मेकअप देख्न सकिन्छ। इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकहरुले रुचाउनेमा निर्माण पक्ष बिस्वस्त रहेका छन ।