पेशाले डाक्टर रहरले डान्सर को हुन जिसु कोईराला


जसिन्द्र श्रीपाली । 

तीजको आसपासमा एउटा गीतले निकै चर्चा पायो “हेर्न हो र देखाईदिम”यो गीत तीजकै लागी तयार गरिएको तीज गीत भने थिएन् संयोग त्यस्तो पर्यो कि गीत तीजको सिजनमा निक्कै चल्यो र सुन्ने जति जो कोहीलाई लाग्यो यो तीज गीत हो भनेर ।

गायक यज्ञ बि.क.को यूट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको हाल सम्म करिव २१ लाखको नजिकमा भ्यूज पुगेको छ , गायक यज्ञ बि.क. र सर्वाधिक लोकप्रिय गायीका शान्ति श्री परियारको आवाज रहेको यो गीतमा मोडेलका रुपमा भने अभिनेता समेत रहेका पुष्प खड्का र जिशु कोईराला लाई देख्न सकिन्छ ।यो गीत हेर्ने जोकोही लाई लाग्न सक्छ कि गीतलाई यति धेरै न्याय दिन सक्ने नेपाली सांगेतिक जगतमा उडाएकी यी नयाँ अनुहार जिशु कोईराला को हुन त ? भनेर कुरा गरौ उनै जिशु कोईरालाको बारे ।

 

शुशील कोईरालाको एक्ली सुपुत्री हुन जिसु कोईराला , डाक्टर बन्ने सपनालाई मष्टिस्कमा च्यापेर द्यद्यक् द्दलम थभबच पढिरहेको जिसु सानै देखि नाच्ने भनेपछि हुरुक्क हुन्थिन् , जापानमा जन्मिएकि जिसु बाल्यकालमा केहि वर्ष नेपालमा बिताए बाकी समय उनी पढ्न कै निमिक्त क्यानाडा गए, त्यो बिचमा नेपाल आउने जाने त बेलाबखत हुन्थ्यो तर जिसु नेपाल भन्दा बढि क्यानाडामै बिताए । विदेशी संस्कृतिमा हुर्किएकि जिसु प्रस्ट नेपाली बोल्न जान्दैनन् तर उनलाई आफु नेपाली हुनुमा गर्व रहेको बताउछिन् । जिसुलाई नृत्य बाहेक पेन्टिङ गर्न, पनि मन पर्छ र डिजाईन प्रतिपनी झुकाव त छ तर ती मध्ये सबैभन्दा माथी उनी आफ्नो नृत्यकला लाई सम्झिन्छन ।

बुवा शुशीललाई आफ्नो छोरी भविश्यमा यहि बनिदियोस् भन्ने चाहाना थिएन् तर कहिलेकाही छोरी डाक्टर बनिदिए हुने भन्ने चाहीँ मनमा लागी रह्यो जिसुको बुवा मुहार भरि खुशी बोकेर भन्छन् म छोरीको पढाई र नृत्य कर्मप्रति असाध्यै हर्षित छु पहिले मैले छोरिको परिचय दिनुपर्दा मेरो छोरी भनेर चिनाउनु पथ्र्यो अहिले म छोरीको नामले चिनिन्छु बाटोमा भेट्न साथीभाईले छोरीको प्रगति भएको बारे मलाई बधाई दिन्छन् एउटा आमा बाबा लाई यो भन्दा ठुलो खुशी के हुन सक्छ र रुम मेरो छोरीको नामले परिचित हुन पाउनु मेरो सौभाग्य हो ।

सिजुको पारिवारक साथ सहयोग निकै राम्रो छ परिवारमा कुनैपनी काम गर्न हस्तक्षेप छैन , एउटै सन्तान भएको कारण पनि होला आफुलाई निकै धेरै साथ सहयोग गर्दै आएको जिसु सुनाउछिन् । बिदेशी संस्कृतिमा हुर्किएकि तपाई नेपाली लोक गीत प्रति मोह कसरि जाग्यो भन्ने प्रश्नमा जिसु भन्छन् मन त मेरो नेपाली हो नी हैन र रु जहाँ जस्तो ठाँउमा गएपनि नेपाली संस्कृति र नेपाली लोक धुनलाई माया मार्न सकिदैन रहेछ, मलाई लाग्छ मेरो रगतमा समेत नेपाली पन छ नेपाली माटोको बास्ना छ ।

नाच्ने रहरले डाक्टर बन्ने सपना खोजीदिन्छ कि भनेर सोध्दा उनी भन्छिन् जुन कुरा मन भित्रैबाट गरिन्छ त्यो कहिल्यै मर्दैन,केहिले छेकिदैन मेरो दुबै कुरा नाच्ने र डाक्टर बन्ने मनै बाट को चाहाना हो, मैले यो दुबैलाई संगै संगै मिलाएर लैजान्छु मलाई राम्रो संग थाहा छ कि यी दुबै कुरा मेरो रहर संग जोडिएका छन रहर संग जोडिएको कुरामा लट मिसिएको हुन्छ जुन लट मान्छेले पटक पटक प्रयास गर्दापनी हटाउन सक्दैन ।डाक्टर पढ्नुमा पनी जिसुको रमाईलो कहानी छ , जिसुलाई नेपालको दुर्गम भुगोलहरुको बारेमा जानकारि छैन, उनी त्यहाँका दर्दनाक कथा आफ्नै आखाँले देखेकी छैनन् तर संचारमाध्यममा देखिने दुर्गम ठाँउको वास्तविक भोगाइ र त्यहाँका मान्छेका जीवनशैलीले उनलाई निकै छोएको छ उनी निकट भविष्यमा गएर ती दुर्गम गाउ बस्तिलाई विदेशी सहयोगी संस्था संग जोडेर गरिबि र अशिक्षा हटाउदै मान्छेको जीवनस्तर उकास्ने सपना देखेको बताउछिन् ।आफु कुनै प्रतियोगीतामा भाग लिएर नित्य प्रस्तुत नगरेपनी आफुसंग नाच्न सक्छु भन्ने साहस मनमा भएको जिसु सुनाउछिन् , हेर्ने हो देखाई दिम बोलको गीतमा उनको नृत्यको सर्वाधिक चर्चा छ , जिसुलाई भने सुरमा आफ्नो रहर मात्र पुरा गरेको भन्ने लागेपनि गीत सार्वजनिक भएपछि आएको सकरात्मक प्रतिक्रियाले आफुलाई थप हौसला बढाएको बताउछिन् ।

४-५ दिनको तयारीमा खेलेको म्युजिक भिडियो बाचुन्जेल सम्मलाई स्मरणयोग्य भएको उनको भनाई छ, म भोलीका दिनमा यो भन्दा राम्रो गर्न सकुला तर मेरो करिअरकै पहिलो म्युजिक भिडियो भएकोले सम्झन लायक रहेको जिसुको भनाई छ । कुराकानीकै क्रममा जिसुले समाजमा महिला माथी हेर्ने दृष्टिकोण र स्वास्थ्यकर्मीलाई हेर्ने सिमित नजरलाई तोड्न समेत आफु म्युजिक भिडियोमा क्रियाशिल रहेको बताएकी छिन ।अबसर आउदा बित्तिकै गीत गरिहाल्ने सोचमा जिसु नरहेको र आगामी दिनमा आफुलाई मनपर्ने गीत बाट अफर आएको खण्डमा लोक मात्र नभएर सबै बिधाको गीतमा अभिनय गर्ने सोच रहेको समेत उनको भनाई छ उनले आफ्नो ब्यस्तताको कारण केहि गीत बाध्य भएर अस्विकार समेत गरेकिछिन् ।

भिडियो सहित