तापसी बेरोजगार नायिका !


सामाजिक सञ्जालमार्फत एकसाथ चर्चा र विवादमा आइरहने बलिउड अभिनेत्री तापसी पन्नु पछिल्लो समय सामाजिक सञ्जालबाट टाढै रहन मन पराउँछिन्।

तापसी बेला–बेला विभिन्न विषयमा ट्रोलरको शिकार पनि भइरहन्छिन्। सामाजिक सञ्जाल र ट्रोलरबाट हैरान भएकी तापसीले हिजोआज भने यस्ता कुरामा ध्यान दिन छोडेकी छिन्। पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तापसीलाई बेरोजगार नायिकाको उपाधि दिएका छन्। तर, तापसी भने आफूले यस्ता कुरामा ध्यान दिन छोडेको र आफूसँग सन् २०२३ सम्मका लागि फिल्म रहेको बताउँछिन्।

हिन्दुस्तान टाइम्सको अनलाइन सेवासँगको अन्तक्र्रियामा उनले आफू नयाँ फिल्ममा साइन गरेका कारण अबको दुई वर्षसम्म नयाँ फिल्मलाई समय दिन नसक्ने भए पनि ट्रोलरहरूले चाहिँ आफूलाई बेरोजगार भन्दा आफूलाई हाँसो उठेको बताएकी छिन्। ‘हुन त हिजोआज म ट्रोलरहरूले के भन्छन्, त्यसमा ध्यान दिन्न’। तर, केही मुद्दामा भने उनीहरूलाई जवाफ दिँदा सुरक्षित महसुस गर्छु। मेरो आवाज शक्तिशाली छ भन्ने मलाई थाहा छ, यही कारण मानिसहरू मेरो बोली बन्द गर्न चाहन्छन्’ उनले भनेकी छिन् ‘तर उनीहरू र ममा धेरै फरक छ।’ कुराकानीका क्रममा तापसीले बेला–बेला आफ्नाबारे आइरहने यस्ता ट्रोलका कारण आफूलाई परिवारका सामु अप्ठेरो पर्नेसमेत बताएकी छिन्।