इन्दिराले हिमाल पुगेर गरिन् रोमान्टिक इन्गेजमेन्ट


गायिका इन्दिरा जोशीले हिमाली क्षेत्रमा पुगेर रोमान्टिक ढंगले इन्गेजमेन्ट गरेकी छन् ।

इन्दिराले सगरमाथा हिमाली क्षेत्र पाङबोचे पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। इन्गेजमेन्टपछि इन्दिराले आफूलाई शरदले औठि लगाइदिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। उसले सोध्यो ‘तिमी मसँग विहे गर्छौ ? मैले भने ,’यस’ उनले फेसबुकमा स्ट्याटस सहित फोटो शेयर गर्दै लेखेकी छन् ‘आई लभ यु शरद ।’

तस्बिरमा शरदले औंठी पहिराइदिदा इन्दिरा रमाएको देखिन्छिन्। इन्दिराले आफू प्रेम सम्बन्धमा रहेको बताउने गरे पनि प्रेमीको नाम भने खुलाएकी थिइनन् ।