चालू खाता ४७ अर्ब ९० करोड घाटामा


काठमाडौं, (नेस) ।

चालू आर्थिक वर्षको पहिलो महिनामा चालू खाता ४७ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २४ अर्ब ८९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८ प्रतिशतले कमी आई ६७ करोड ९७ लाख रहेकोछ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५ दशमलव ५ प्रतिशतले कमी आई ४८ करोड ६ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको छ ।