सात पक्राउ, सामूहिक हत्याको आशंका


बैतडी, (नेस) ।

व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल व्यवसाय गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए । मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्याको आशंका गरिएको छ ।

सोही घटनामा संलग्नता रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । ‘नियन्त्रणमा लिएका सबै स्थानीय हुन्, नाम भने अहिले नै सार्वजनिक गर्न मिल्दैन ।’ –प्रवक्ता खड्काको भनाइ छ । महरालाई बिहीबार बिहान सन्सेरीमाडौंकै एक पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । घटनास्थल कार्य सकिएको र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइने प्रहरीले जनाएको छ ।