रिश्मालाई फकाउँदै बुद्धि


बिहेबारी गरेपछि कलाक्षेत्रबाट हराएकी नायिका रिश्मा गुरुङ लामो समयपछि पर्दामा देखिएकी छिन्।

उनलाई गायक तथा निर्देशक कृष्ण केसीले म्युजिक भिडियोमार्फत पुनः कलाक्षेत्रमा ल्याएका छन्।

केसीले आफ्नो स्वर र शब्द तथा सुरेश अधिकारीको संगीतमा तयार भएको जाले रुमाल बोलको गीतको म्युजिक भिडियोमार्पmत रिश्मालाई पुनः कलाक्षेत्रमा ल्याएका हुन्। गीतमा गायक तथा गीतकार कृष्ण केसीले रिसाएकी मायालुलाई फकाउनका लागि एक प्रेमीले गरेका अपनाउने विभिन्न शैली प्रस्तुत गरेका छन्।

गीतको म्युजिक भिडियो आकर्षक बनेको छ। केसीकै निर्देशन रहेको म्युजिक भिडियोमा रिश्माका साथमा बुद्धि तामाङलाई फिचरिङ गरिएको छ। कबड्डी फिल्ममा एकसाथ काम गरेका बुद्धि र रिश्माको जोडी यो भिडियोमा पनि सुहाएको छ। भिडियोमा रिश्मा रिसाएकी छिन् भने बुद्धिले फकाइरहेको देख्न सकिन्छ।

मौसम हिमालीको कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन रहेको छ।