संगीतमा आमा सार्वजनिक


धादिङ, (नेस)।

गीतकार शर्मिला तिमल्सिनाले आप्mना स्वर्गीय बुबा–आमाको सम्झनामा गाएको गीत आमा सार्वजनिक गरेकी छिन्।

गजुरी गाउँपालिकाकी गायिका तिमल्सिनाले गत मंगलबार आमाको पुण्यतिथिको अवसर पारेर आमा–बाबुप्रति समर्पित गीत सार्वजनिक गरेकी हुन्। उनले पिता स्व. तुलसीप्रसाद तिमल्सिना र माता स्व.झंककुमारी तिमल्सिनाको नाममा गीत लेखेर सार्वजनिक गरेकी हुन्।

तिमल्सिनाको शब्द रचना रहेको गीतमा स्वर र संगीत अमर तण्डुकार, एरेन्ज ब्रुनो तामाङ र भिडियो रेकर्डिङ बुद्ध सायमीले गरेका छन्। आफ्ना बुबा– आमाका लागि जति शब्द खर्च गरे पनि अपुग हुने भएकोले सम्झना गर्दै कोरिएका गीत सार्वजनिक गरेको शर्मिलाले बताइन्।