कर नबुझाउने २६ ठूला करदाताको कार्यस्थलमा आजदेखि माइकिङ् सुरु (सूचीसहित)

27.17k
Shares

ईश्वरराज ढकाल, काठमाडौँ । 

काठमाडौँ महानगरपालिकाको राजस्व विभागले घरजग्गा र सम्पत्ति कर नबुझाउने २६ ठूला करदाताको कार्यस्थलमा आजदेखि माइकिङ् सुरु गरेको छ ।

गत असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । माइकिङ्सँगै तोकिएको अवधिमा कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिने भएको छ । करदातालाई पटक पटक कर तिर्न आग्रह गर्दा पनि अटेर गरेपछि यस्तो कार्यशैली अपनाउन परेको विभागले जनाएको छ ।

आज कान्तिपुर होटल, ब्याट्री कारखाना, नेपाली जामे मस्जिद, ह्वाइट फिल्ड स्कुल, जयनेपाल हललगाएत अन्य ठाउँमा माइकिङ् गर्ने विभागको कार्यक्रम रहेको छ ।