काठमाडौ ।
अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी बाहेक राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
फिर्ता बोलाइएका राजदूत
१. डा. युवराज खतिवडा, अमेरिका
२. निलाम्बर आचार्य, भारत
३. महेन्द्रबहादुर पाण्डे, चीन
४. लोकदर्शन रेग्मी, बेलायत
५. वंशीधर मिश्र, बंगलादेश
६. सर्मिला पराजुली ढकाल, ओमान
७. नारदनाथ भारद्वाज, कतार
८. दावा फुटी शेर्पा, स्पेन
९. उदयराज पाण्डे, मलेशिया
१०. अन्जन शाक्य, इजरायल
११. प्रतिभा राणा, जापान











प्रतिक्रिया