५० हजार धरौटीमा छुटे राज कुन्द्रा


एजेन्सी ।

भारतीय व्यापारी राज कुन्द्रा ५० हजार धरौटीमा रिहा भएका छन् । अश्लिल भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेका उनलाई मुम्बई अदालतले सोमबार धरौटीमा रिहा गरेको हो ।

उनीसँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि अदालतले रिहा गरेको छ । कुन्द्रा चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति समेत रहेका छन् । यसै विषयमा शिल्पासँग पनि प्रहरीले सोधपुछ गरेको थियो । जसमा शिल्पाको भने कुनै प्रकारले संलग्नता नरहेको पुष्टि भएको थियो ।

कुन्द्रा र थोर्पेलाई अश्लील फिल्म बनाएको आरोपमा गत जुलाई १९ मा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको थियो । यसबीचमा केही युवतीहरुले कुन्द्राबाट पिडित भएको समेत बताएका थिए ।