कलाकर्मीलाई पदक घोषणा


संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तित्वलाई प्रदान गर्ने घोषणा गरिएको मान, पदवी र विभूषण पाउने सूचीमा कलाकर्मीहरूको नाम पनि परेको छ।

आइतबार सरकारले सार्वजनिक गरेको यो सूचीमा स्वरसम्राट स्व. नारायणगोपालदेखि हाल क्रियाशील कलाकर्मीसम्म छन्। सरकारले नारायण गोपाललाई तेस्रो ठूलो सर्वोच्च सम्मान महाउज्जवल राष्ट्रदीपबाट सम्मान गर्ने निर्णय गरेको छ। त्यसैगरी, संगीतकार शम्भुजित बाँस्कोटालाई कीर्तिमय राष्ट्रदीप प्रदान गरिने भएको छ। गायक भक्तराज आचार्य, गीतकार कालीप्रसाद रिजाल र गायिका स्व. रानुदेवी अधिकारीलाई सुप्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा गरेको छ।

यसैगरी, रमेश बुढाथोकी,गौरी मल्ल, हेमन्त बुढाथोकी, दीपाश्री निरौला, प्रकाश घिमिरे र  नवल खड्कालाई प्रबल जनसेवाश्रीबाट विभूषित गरिने भएको छ । अनमोल केसी, केकी अधिकारी, कमल गाउँले, श्यामसुन्दर रिजाल, मिलन चाम्स, राजकुमार राई, तेरिया फौजा मगर र गायिका देविका बन्दनालाई जनसेवाश्री पदक प्रदान गरिने भएको छ। विष्णु माझी, चन्द्रप्रसाद शर्मा, कुलेन्द्र विश्वकर्मा र कस्तुप पन्तलाई प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ। त्यसैगरी, हेमन्त शर्मा, प्रकाश सपूत, नवीनकुमार पौड्याल र राधिका हमाललाई जनसेवाश्री पदक प्रदान गरिने भएको छ।