दिपायल विमानस्थल पुनः सञ्चालनमा


डोटी, (नेस) ।

कोरोना कहरका कारण बन्द रहेको डोटीको दिपायल विमानस्थल पुनः सञ्चालनमा आएको छ । कोरोना जोखिम क्रमिकरूपमा नियन्त्रण भएसँगै पुनः जहाज सञ्चालनमा ल्याइएको छ । यो सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा पुरानो विमानस्थलमा हो ।

दिपायलदेखि धनगढी विमानस्थलसम्म प्रत्येक हप्तामा जहाज सञ्चालन हुने नागरिक उड्यन तथा प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शनिबार उडान भर्ने कार्यतालिका तयार भएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले उडान भर्ने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दिपायलमा पुनः जहाज सञ्चालन भएको छ, अब दिपायल–धनगढी हवाई उडानले निरन्तरता पाउनेछ ।’ बन्द रहेको विमानस्थल पुनः सञ्चालन भएसँगै बिमानस्थलमा जडान गरिएका सञ्चार उपकरण पनि मर्मत कार्य सम्पन्न भएको छ ।