प्रधानमन्त्री मोदी र अस्ट्रेलियाली समकक्षी मोरिसनबीच वार्ता


इन्डिया न्युज नेटवर्क ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार आफ्ना अष्ट्रेलियाली समकक्षी स्कट मोरिसनसंग कुराकानी गरेकाछन् । उक्त छलफलमा उनले दुई देशबीचको बृहत रणनीतिक साझेदारीमा भएको द्रुत प्रगति को समीक्षा गरेका छन् ।

यसकोबारेमा ट्वीट गर्दै प्रधानमन्त्रीले भनेका छन् : “मेरो साथी २ स्कटमोरीसनएमपि सँग कुरा गर्न पाउँदा खुसी लाग्यो। हामीले हालै २+२ संवाद सहित भारत–अष्ट्रेलिया व्यापक रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्यौं। हामीले क्षेत्रीय घटनाक्रम र आगामी क्वाड बैठकबारे पनि दृष्टिकोण आदानप्रदान गरेका छौं। ”

शनिबार, विदेश मन्त्री एस जयशंकर र रक्षा मंत्री राजथ सिंहले नयाँ दिल्लीमा आफ्ना अष्ट्रेलियाली समकक्षी मारिस पायने र पिटर डटनसंग दुई प्लस दुई मन्त्रीस्तरीय संवाद गरेका थिए ।

सन् २०२० जून महिनामा व्यापक रणनीतिक साझेदारी विषयमा भारत अष्ट्रेलिया नेताहरुको भर्चुअल शिखर सम्मेलन भएको थियो । यसपछि मात्र दुई देशका नेताबीच दुई प्लस दुई मन्त्री स्तरीय बार्ता भएको हो।

संवादको क्रममा, दुई पक्षले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरुमा गहन र विस्तृत छलफल गरेका थिए। तिनीहरुको छलफलमा रक्षा सहयोग र महामारी बिरूद्ध लड्न व्यापक सहयोगका बारे कुराकानी भएको थियो। तिनीहरूले अफगानिस्तान, हिन्द–प्रशान्त क्षेत्रमा समुद्री सुरक्षा र बहुपक्षीय ढाँचामा सहयोगकाबारे आ–आफ्ना विचार आदानप्रदान गरेका थिए ।

सेप्टेम्बर महिनाको २४ तारिखमा वाशिंगटन डीसीमा क्वाडको पहिलो व्यक्तिगत नेतृत्वको बैठक हुनलागेको छ। यस अघि प्रधानमन्त्री मोदी र उनका अष्ट्रेलियाली समकक्षी मोरिसन बीच भएको यो वार्तालाई निकै महत्वका साथ हेरिएको छ।

प्रधानमन्त्री मोदी सहभागी हुने क्वाड सम्मेलनमा अफगानिस्तानको विकास, कोभिड १९ महामारी र स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रको लागि सहयोग विस्तार गर्ने तरिका बारे छलफल हुने अपेक्षा गरिएको छ ।