के छ भन्नेलाई ठीकै छ सार्वजनिक


के छ खबर भन्नेलाई ठीकै छ बोलको गीत सार्वजनिक भएको छ। गायक गायिका रामकुमार नेपाली, आशा केसी, अमृत भारती र सपना सुनामको स्वर गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

अमृत भारतीको शब्द रहेको गीतमा संगीत संयोजन सञ्जय श्रीपालीले गरेका छन्। जीवनको यर्थाथ बोध गराउने र बाँचुञ्जेल हाँसखेल गरेर बिताउनुपर्ने आशयको गीतले एक अर्काेसँग मिल्नुपर्ने सन्देश दिएको छ। गीतको म्युजिक भिडियोमा समर्पण शाही, अस्मिता रणपाल, राजु आरडी, जुनु एसडी र विश्वराज ढलाकोटीले अभिनय गरेका छन्। याम गुरुङको निर्देशन रहेको म्युजिक भिडियोमा महेश महराको छायांकन र वीरेन्द्र भाट ‘विपिन’को सम्पादन रहेको छ।