विदेश सचिव र डब्ल्यूएचओ प्रमुखबीच कोभिड -१९ विषयमा छलफल



भारतका विदेश मन्त्रालयका सचिव (पश्चिम), रिनत सन्धुले मंगलबार जेनेभामा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेसससँग बैठक गरेकी छिन् । उक्त बैठकमा महामारी र यसको प्रतिक्रिया, खोप र परम्परागत चिकित्सासम्बन्धी विषयमा छलफल भएको थियो ।

विदेश मन्त्रालयले ट्विटको भनिएको छ – ‘सचिव (पश्चिम) रिनत सन्धुले जेनेभामा स्वास्थ्य महानिर्देशक डब्लूएचओ डा. टेड्रोससँग स्वास्थ्य र महामारीको प्रतिक्रिया, खोप र परम्परागत औषधिमा सहकार्यजस्ता विषयमा छलफल गरेकी छन् ।’

जेनेभामा विदेश मन्त्रालयका सचिव (पश्चिम) ले विश्व बौद्धिक सम्पदा संगठनका महानिर्देशक डेरेन ट्याङसँग पनि भेटघाट गरेकी थिइन् । सो क्रममा उनले भारतमा बलियो आईपी व्यवस्थाका कारण भारत अन्तर्राष्ट्रिय केन्द्रको रूपमा उदाइरहेको बताएकी थिइन् ।

बाग्चीले यसबारे ट्विट गर्दै भन्नुभयो – ‘भारत–डब्लुआईपीओ साझेदारीलाई अगाडि बढाउँदै सचिव (पश्चिम) रीनत सन्धु र डब्लुआईपीओका महानिर्देशक डेरेन ट्याङबीच भेट भएको छ । भारतमा बलियो आईपी व्यवस्थाका कारण भारत वैश्विक नवाचार केन्द्र बन्न सफल भएको छ ।’

संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले स्वदेश निर्मित कोभ्याक्सिन खोपलाई मान्यता दिनुअघि यो छलफल भएको हो । केही मिडिया समाचारअनुसार डब्लुएचओले यसै महिना आपतकालीन उपयोगका लागि कोभ्याक्सिनलाई मान्यता दिन सक्छ ।

डब्लूएचओले अहिलेसम्म आपतकालीन प्रयोगका लागि फाइजर–बायोन्टेक, अमेरिकी फार्मा मेजर जोन्सन एन्ड जोन्सन, मोडेर्ना, चीनको सिनोफार्म र अक्सफोर्ड–एस्ट्राजेनेकाले विकसित गरेको कोभिड खोपलाई अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्