धुलिखेलमा शुरु भयो प्रि हस्पिटल केयर ट्रेनिङ्ग

घटनास्थल देखि अस्पतालसम्म विरामी सुरक्षित ल्याउन



मोतीराम तिमल्सिना, काभ्रे ।

अन्र्तराष्ट्रिय मापदण्ड अनुसार नेपालमा घटनास्थल देखि अस्पतालसम्म विरामीलाई सुरक्षित ल्याई पु¥याउन राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले तयार गरेको पाठ्यक्रम अनुसार तीन महिने प्रि हस्पिटल केयर ट्रेनिङ्गको पहिलो ब्याचको तालिम धुलिखेल अस्पतालमा शुरु भएको छ ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र धादिङ्ग जिल्लाका स्वास्थ्य केन्द्र तथा अस्पतालमा कार्यरत १२ जना ब्यक्तिहरु सहभागि रहेको उक्त तालिमको तीन महिने अवधीको पहिलो महिना सैदान्तिक कक्षा हुनेछ भने दोश्रो एक महिना क्लिनिकल कोर्ष हुनेछ । त्यस्तै तेश्रो एक महिना सहभागिहरुले कार्यक्षेत्रमा सहभागि भई सैद्धान्तिक र क्लिनिकल कोर्षलाई ब्यवहारमा कार्यान्वयन गरी त्यसलाई लिपिवद्ध गर्नेछन् । ‘भुकम्प तथा कोभिड जस्ता विपत्तिसँगै विभिन्न समयमा हुन सक्ने दुर्घटनामा परी घाईते हुने विरामीहरुलाई घटनास्थलबाट अस्पतालसम्म सुरक्षित ल्याउने उदेश्यले अन्र्तराष्ट्रिय स्तरको कोर्ष निर्माण गरी औपचारिक रुपमा जनशक्ति उत्पादन गर्न शुरु गरिएको छ’–राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका केशवराज पण्डितले भन्नुभयो–‘भुकम्पको समयमा यस्तो अभ्यास गरिएको भए पनि सरकारी स्तरबाट कोर्ष तयार गरी तालिम शुरु गरिएको यो पहिलो हो ।’

 

पहिलो ब्याचका जनशक्तिहरुले तीन महिनाको कोर्ष सकिए लगत्तै नेपालका अन्य जिल्लामा पनि यो तालिम शुरु गरिने पण्डितले बताउनु भयो ।काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिसिन विभागका एशोसिएट डिन प्रोफेसर दिपक श्रेष्ठले धुलिखेल अस्पतालले केहि वर्ष अघि प्रि हस्पिटलको परिकल्पना गरी कार्यान्वयन शुरु गरिसकेको भए पनि सरकारी स्तरबाट मान्यताप्राप्त जनशक्ति उत्पादन गरी कार्यान्वयन गर्ने प्रकृया शुरु भएकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो । ‘अस्पताल आउनु अघि नै विरामीको ब्यवस्थापन महत्वपूर्ण हो, धुलिखेल अस्पतालले विरामीलाई घटनास्थल देखि अस्पतालसम्म सुरक्षित पु¥याउने कार्यलाई प्राथमिकतामा राखिएको छ’– प्रो.डा दिपक श्रेष्ठले भन्नुभयो–‘एम्बुलेन्समै दक्ष जनशक्ति रहनु र घटनास्थालमा विरामीलाई प्राथमिक उपचार पछि सुरक्षित अस्पताल ल्याउने प्रकृयाले धेरै ब्यक्ति बचाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठन नेपालका तर्फबाट सहभागि विमल विष्टले सामान्य ब्यक्तिहरुले पनि एम्बुलेन्सको प्रयोग गर्न सहज बनाउन, प्रयोग भएका एम्बुलेन्सहरुमा दक्ष जनशक्ति रहन अन्तराष्ट्रिय स्तरको मापदण्ड सहितको कोर्षमा प्रि हस्पिटल केयर शुरुवात गर्नु महत्वपूर्ण भएको बताउनु भयो । राष्ट्रिय एम्बुलेन्स निर्देशिका कार्यान्वयनको चरणलाई यो कोर्षबाट तयार भएका जनशक्ति महत्वपूर्ण हुने विष्टले बताउनु भयो । सरकारले एम्बुलेन्स सम्वन्धी राष्ट्रिय निर्देशिका जारी गर्दै एम्बुलेन्सको मापदण्ड र एम्बुलेन्समा प्रयोग गर्ने जनशक्ति लगायतका सुविधाहरुको अनिवार्य ब्यवस्था गर्नु पर्ने ब्यवस्था गरेको छ । भएका एम्बुलेन्सहरुलाई पनि त्यहि स्तरमा सुधार गर्नु पर्ने निर्देशिकाले ब्यवस्था गरेको छ ।तालिमको शुभारम्भ कार्यक्रममा कुञ्ज जोशीले तालिमको महत्व र कोर्षको तयारीका बारेमा जानकारी गराउँदै देशभर दक्ष जनशक्ति तयार गरी प्रमाणपत्र वितरण गरिने बताउनु भयो ।

 

प्रमाणपत्र प्राप्त नगरेका ब्यक्तिहरु एम्बुलेन्सका लागि उपयुक्त हुँदैनन । कार्यक्रममा धुलिखेल अस्पतालका आकस्मिक विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले धुलिखेल अस्पतालले केहि वर्ष अघि देखि नै एम्बुलेन्समै विरामी वित्न नदिन एम्बुलेन्समै अस्पतालको शुरुवात गरेको बताउनु भयो । ‘एम्बुलेन्सहरुमा जिपिएस प्रणाली जडान गरी सर्वसाधारणका लागि १०२ नम्वर उपलब्ध गराउँदै एम्बुलेन्स सेवा उपलब्ध गराईएको छ’–डा. सानुकृष्ण श्रेष्ठले भन्नुभयो–‘तिन महिने कोर्ष सहितको तालिमले थप सहजता प्रदान गर्ने विश्वास लिएका छौं । अस्पतालले शुरु गरेको उक्त कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेकोमा हामी खुशी छौं ।’

 

तालिम उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नवराज जोशी, शिक्षण अस्पताल आकस्मि विभागका डा. रमेश महर्जन, धुलिखेल अस्पताल आकस्मिक विभागका श्रीजेश पराजुली, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका डा. इश्वरप्रसाद उपाध्याय लगायतले तालिममा सिकेका ज्ञान, सिप र क्षमतालाई ब्यवहारमा कार्यान्वयनका लागि सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्