जरिवाना तिर्न नसक्दा थपियो कैद

910
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुर जिल्ला अदालतले तोकेको जरिवाना तिर्न नसक्दा एक अभियुक्तको कैद सजाय लम्बिएको छ ।अदालतको गत पुस २४ गतेको फैसलाले चोरी मुद्धामा १ महिना १५ दिन कैद र ३ लाख रुयिाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–३ बस्ने भुपाल थिङको कैद सजाय अवधि बढेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार हेटौंडा–१४ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएकोमा जरिवाना तिर्न नसकी जरिवानावापत् कैदसमेत गरी २ वर्ष १० महिना १५ दिन कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदीमा पठाइएको छ ।

मकवानपुर जिल्ला अदालतको २०७२ पुस १२ गतेको फैसलाले सार्वजनिक अपराध मुद्धामा २ हजार ३ सय ७५ जरिवाना भुक्तान गर्न बा“की फरार प्रतिवादी हेटौंडा–१४ बस्ने लीलानाथ न्यौपानेलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी हेटौंडा–१४ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत मकवानपुरमा पठाएको छ ।

मकवानपुर जिल्ला अदालतकै बैशाख ८ गतेको फैसलाले चोरी मुद्धामा १० महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुरको भीमफेदी गापा वडा–६ बस्ने मिलन स्यांतानलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले भीमफेदी–६ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत मकवानपुरमा पठाएको छ ।