एमसीसीका विषयमा विवाद गर्न आवश्यक छैन : बाबुराम भट्टराई

1.2k
Shares

बुद्ध नेपाली, सिन्धुली ।

जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का विषयमा यति धेरै बहस र विवाद हुन आवश्यक नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मंगलवार(आज) सिन्धुलीमाढीमा आयोजित पार्टीको संगठन सढृणीकरण तथा जागरण अभियानमा सहभागी हुन सिन्धुलीमाढीमा आईपुगेका भट्टराईले पत्रकारहरुसँगको भेटगाटमा यस्तो बताउनुभएको छ ।

उहाँले नेपाल जस्तो पूर्वऔद्योगिक अवस्थामा रहेको मुलुकले केही चरण सम्म देशी विदेशी पुजी परिचालन गरेरै देशको विकास गर्ने भएकाले एमसीसी लागु गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशी अनुदान सहयोग संसदबाट अनुमोद गर्नुपर्ने आवश्यकता नभएपनि एमसीसी अनुदान ठुलो रकम भएकाले र नेपालकै तर्फबाट संसदबाट अनुमोदन गर्ने प्रस्ताव भएकाले संसदबाट अनुमोदनको प्रक्रियामा गएको उहाँले बताउनुभयो ।

उहाँले राष्ट्रिय सहमति कायम गरी (एमसीसी अनुमोदन गर्दा नै देशको हित हुने पनि बताउनुभयो । ‘एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ, उनले भने, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताउनुभयो ।