बिसु अभियान उद्घाटनका लागि जसपा अध्यक्ष यादव र नेता भट्टराई सिन्धुली आउँदै

854
Shares

बुद्ध नेपाली, सिन्धुली ।

जनता समाजवादी पार्टीको केन्द्रिय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव मंगलवार(आज) सिन्धुलीमाढी आउने भएका छन् । जसपाले नेपालले अगाडि सारेको तीन महिने पार्टी बिस्तार तथा सुदृढीकरण (बिसु) अभियानको उदघाटनका लागी पुर्ब प्रधानमन्त्री समेत रहेका डा. भट्टराई र पुर्व उपप्रधानमन्त्री यादव मङलबार सिन्धुली आउन थालेका हुन् ।

जनता समाजवादी पार्टीले भाद्रदेखि संगठन सुदृढीकरण तथा जनजागरण अभियान देशभर सञ्चालन गरिरहेको छ । उक्त अभियानको सिलसिलामा सो पार्टीका केन्द्रीय नेताहरू देश दौडाहामा छन् ।

सोही क्रममा जसपा, नेपाल सिन्धुली जिल्ला समन्वय समितिको आयोजनामा मङलबार सिन्धुली सदरमुकाममा अभियानको उद्घघाटन गर्न पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराई, पार्टी केन्द्रीय समिति अध्यक्ष यादव आउने कार्यक्रम रहेको जनता समाजवादी नेपालका केन्द्रिय सदस्य दिर्घ राज श्रेष्ठले जानकारी दिनुभयो । विहान ११ देखि सुरु हुने कार्यक्रममा सहभागी हुन दुवै नेता काठमाडौंबाट हिडी सकेको श्रेष्ठले बताउनुभयो । कार्यक्रममा जिल्ला भरिका नेता कार्यकर्ता तथा शुभचिन्तकहरू सहभागी हुनेछन ।