प्रदेश–१ का मुख्यमन्त्री आचार्य अल्पमतमा


विराटनगर, (नेस) ।

नेकपा एकीकृत समाजवादीले प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश–१ को सरकार अल्पमतमा परेको छ ।

प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार नेकपा एकीकृत समाजवादीकी सांसद सावित्रा रेग्मीले प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै नेकपा एमालेमा हुँदा आफूहरूको समर्थनमा बनेको मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । उहाँले अब, नेकपा एसको नेतृत्वमा नेयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश–१ को सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परिसकेकाले नयाँ सरकार गठनका लागि पनि एकीकृत समाजवादीले पहल थाल्ने तयारी गरेको छ । नयाँ सरकार गठनका लागि पहल गर्न दुई सदस्यीय वार्ता समितिसमेत एकीकृत समाजवादीले गठन गरेको छ । वार्ता समितिमा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र राजन राई रहनुभएको छ ।