काठमाडौंमा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि

574
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ५७ र ललितपुरमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै आज काठमाडौं उपत्यकामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६४१८ रहेको पनि मन्त्रालयले जनाएको छ ।