शसस्त्र प्रहरी कार्य सम्पादनमा उत्कृष्ट


काठमाडौ (नेस) ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक बर्ष २०७७–७८ मा सशस्त्र प्रहरी बलले गरेको कार्य सम्पादन सन्तोषजनक रहेको जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा एपीएफले सीमा सुरक्षा पोष्ट बृद्धी गरी २ सय ११ पु-याएको, उपत्यका बाहिर सशस्त्र कर्मचारी बाहेक ६ हजार २ सय १० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको, एपीएफ अस्पताल बलम्वुले कोरोना रोकथाम तथा नियन्त्रण गर्न कोरोना डेडिकेटड अस्पतालको रुपमा सेवा उपलब्ध गराएको, ५३ कार्यालयमा भौतिक संरचना पुननिर्माण गरेको जनाएको छ ।

सो कार्यालयले गत आर्थिक बर्षमा गरेको कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै एपीएफले २ दर्जन जति हतियार बरामद गरेको एक बर्षमा ८३ पटक नेपाल भारत तथा नेपाल चीन सीमा बैठक गरेको, मानव बेचबिखनमा परेका १२ जनाको उद्धार गर्नुका साथै चोरी निकासी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दै ६१ करोड ११ लाख बराबरको सामान पक्राउ गरी भन्सार कार्यालय बुझाएको जनाएको छ ।

त्यस्तै एपीएफले कोरोना भाइरस नियन्त्रणकालागि आइसोलेसन सेन्टर स्थापना गर्न महत्वपूर्ण भूमिका निभएको, सीमा नाकामा कडाइ गर्नुका साथै क्वारेन्टिन निर्माण, संकट प्रतिकार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको, सुरक्षाकर्मी परिचालनमा समेत एपीएफ अगाडि रहेको महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

नेपालको कुनै पनि भागमा हुन सक्ने सशस्त्र संघर्ष, दंगा नियन्त्रण, प्राकृतिक तथा गैर प्राकृतिक प्रकोप,महामारीमा पीडितको उद्धार तथा सीमा सुरक्षामा तैनाथ हुने मुख्य उदेश्य एपीएको रहेकोले सोही कार्य प्रकृति अनुरुपको कामकालागि एपीएफलाई आवश्यकता अनुरुपको भौतिक पूर्वाधारले सुसज्जित बनाउनु पर्ने देखिन्छ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

सशस्त्र प्रहरी बलको हालको जनशक्तिकालागि २ सय ६१ ब्यारेक भवन, ३ कार्यालय भवन, ५ मल्टिस्टोरेज भवन, १ सय ८१ मेस भवन, २६ वटा लेक्चर भवन, १सय ६८ वटा शौचालय भवन आवश्यक रहेको पनि महालेखाले सरकारको ध्यानाकर्षण गराएको छ । आवश्यक भौतिक पूर्वाधारको अभावले गुणस्तरीय कार्यसम्पादनमा समेत बाधा उत्पन्न भएका स्पष्ट कार्ययोजना तयार गरी पूर्वाधारको ब्यवस्था गर्न सरकारलाई समेत महालेखाले आग्रह गरेको छ ।

सशस्त्र प्रहरी ऐन २०५८ अनुसार सीमा सुरक्षाकालागि सशस्त्र प्रहरी बललाई संचालन गर्ने ब्यवस्था अनुरुप अहिले सम्म २सय ११ वटा स्थापना भएकोले यसको लक्ष्य ५ सयवटा सीमा सुरक्षा कार्यालय स्थापना गर्ने लक्ष्य रहेकाले लक्ष्य प्राप्तिकालागि भौतिक प्रगति हुन जरुरी रहेको पनि महालेखाले जनाएको छ ।

सीमा सुरक्षा पोष्टमा खटिएका ७ हजार३ सय ८५ जनशक्तिकालागि भौतिक पूर्वाधारको अभवाले सेवा प्रवाह कठिनाइ देखिएकाले तत्काल संबोधन गर्न पनि महालेखाले सरकारको ध्यानाकर्षण गराएको छ ।सीमा सुरक्षामा खटिएको जनशक्तिको प्रर्याप्ततालाईमा राखेर अतिरिक्त सीमा सुरक्षा कार्यलाई ब्यवस्थित गर्न जग्गा प्राप्ती तथा भौतिक संरचना निर्माण कार्यलाई प्राथमिकतामा राखी बजेट ब्यवस्था गर्न पनि सरकारलाई महालेखाले आग्रह गरेको छ ।