काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा


नेपाल समाचारपत्र, काठमाडौं  ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताउनुभएको हो ।

कामपाको आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको छ’ –शाक्यले भन्नुभयो । ‘काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा महानगरपालिकाले लिए पनि यसको नेतृत्व प्रदेश सांसद राजेश शाक्यले गर्नुभएको छ । कामपाको लगानीमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । अहिले छानो छाउने काम भरहेको छ ।

राम्रो कामका लागि सबै समुदाय, राजनीतिक कार्यकर्ता वा प्रतिनिधिहरू हातेमालो गरेर अघि बढ्नुपर्नेमा शाक्यको जोड रहेको छ ।

शाक्यले अहिलेसम्म काठमाडौं महानगरपालिकाबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको जानकारी दिनुभयो । उहाँले अबको केही महिनापछि काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।