न्युज अफ नेपाल, बाँके ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । पूर्वी गाभरमा बाघ देखिएपछि पहिले नै स्थानीयलाई सतर्क गराइएको थियो । बाघको आक्रमणमा परेका व्यक्तिको शव फेला परेको छ ।
प्रतिक्रिया