फिमेल भर्सनमा तिमी मेरो हुन सकेनौ


गायिका बुनु श्रेष्ठको नयाँ गीत तिमी मेरो हुन सकेनौ म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ।

बुनुको स्वर रहेको गीतमा नरेश प्रधानको शब्द रचना र दीपक शर्माको संगीत छ। केही दिनअघि गायक रामकृष्ण ढकालको स्वरमा सार्वजनिक भएको तिमी मेरी हुन सकेनौ बोलको गीतको फिमेल भर्सनका रूपमा बुनुले यो गीत दर्शक स्रोतामाझ ल्याएकी हुन्। प्रेमी प्रेमिकाबीचको प्रेम सम्बन्धमा भएको बिछोडको दुःखद् कथा समावेश गरिएको गीतको भिडियोमा नीराजन प्रधान र करुणा प्रधानले अभिनय गरेका छन्। मनोज राजभण्डारीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा मेरियन राजभण्डारीको कथा र सम्पादन रहेको छ। म्युजिक भिडियोमा दीपेन बस्न्यात र शाश्वत श्रेष्ठको छायांकन रहेको छ।