जुम्लामा भालुको आक्रमणबाट महिला घाइते

2.7k
Shares

न्युज अफ नेपाल, जुम्ला ।

जुम्लामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आइतबार दिउँसो खेतमा काम गरिरहेका बेला उनलाई भालुले आक्रमण गरेको हो । खार्पुनाथ गाउँपालिका–४ छिप्रा गाउँकी ३६ वर्षकी असली उपाध्याय भालुको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई आइतबार अपरान्ह साँढे १ बजेको समयमा भालुले आक्रमण गरेको थियो । उनको टाउको र हातमा गहिरो चोट लागेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिईन् ।

घाइते उपाध्यायको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल हुम्लामा लगिएको छ । उनको टाउकोमा टाँका लगाइएको छ । भने टाउको र पिँडुलामा रगताम्य हुने गरी चिथोरेको छ ।