तुलसीपुरमा निःशुल्क रेबिज खोप अभियानको तयारी

0
Shares

तुलसीपुर ।

दाङको तुलसीपुरमा १५ दिने निःशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिने भएको छ ।

रेबिज बारे तथ्य बुझौं, त्रसित नहोऔं भन्ने नारा सहित विश्व रेबिज दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका अन्र्तगत पशु सेवा शाखा तुलसीपुरले खोप कार्यक्रमको आयोजना गरेको हो । भदौ २९ गतेदेखि असोज १२ गतेसम्म तुलसीपुरमा रहेको पशु सेवा शाखाको प्राङगनमा निःशुल्क रेबिज खोप कार्यक्रम संचालन हुने वरिष्ठ पशु चिकित्सक सुवाश आचार्यले जानकारी दिनुभयो ।

यसैबिच वरिष्ठ पशु चिकित्सक आचार्यले घरमा पालिएका कुकुरहरुलाई समयमै ल्याएर रेबिज खोप लगाउन अनुरोध गर्नुभएको छ । पशु सेवा शाखाले प्रत्यक बर्ष रेबिज खोपको कार्यक्रम गर्दै आइरहेको छ ।