अट्वारीको अवसरमा नगरप्रमुख पाण्डेद्वारा शुभकामना

70
Shares

न्युज अफ नेपाल, तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।

विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भ्रातृत्व र सद्भावको वातावरण बनेको बताउनुहुँदै शुभकामना सन्देशमा बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको बताउनुभएको छ । यस्तै खाले विभिन्न चाडपर्वले नेपाली समाजको विशेषता अरूका लागि पनि अनुकरणीय बनेकोसमेत उहाँले बताउनुभएको छ ।

“हाम्रा महत्वपूर्ण चाडपर्वसंगै कोभिड माहामारीको दोस्रो लहर पनि संगसंगै आइरहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरेर सिङ्गो समाजलाई कोरोनामुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगका लागि अपिलसमेत गर्दछु । ” नगर प्रमुख पाण्डेद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

दाङका भुमिपुत्र थारुहरुको ऐतिहासिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व वोकेको यस चाडले हरेक नेपालीका विचमा सामाजिक सद्भाव कायम गर्ने पाण्डेले विश्वास व्यक्त गर्नुभएको छ ।