रहेनन् कांग्रेस नेता महतो

5.2k
Shares

सुदूरपश्चिम ।

नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उहाँलाई उपचारका लागि सो मेडिकल कलेज पुर्‍याइएको थियो ।

पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लाग्नुभएका उहाँ कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता हुनुहुन्थ्यो । कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उहाँको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताउनुभयो ।उहाँका श्रीमती तीन छोरा र तीन छोरी हुनुहुन्छ । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारीदिनुभयो ।