आम्रपालीका ‘अज्ञात’ खरीददारको सूचीमा धोनी, १५ दिनभित्र बकाया तिर्न सर्वोच्चको आदेश


एजेन्सी ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी नोएडाको आम्रपाली हाउजिङ प्रोजेक्टका १८ सय घर खरीददारहरु मध्येका एक रहेको पुष्टि भएको छ ।

सो हाउजिङ प्रोजेक्टको फ्ल्याटहरु अझै सम्म पनि कसैले आफ्नो रहेको भनि दावी नगरेपछि सर्वोच्च अदालतले एक सूचना जारी गर्दै १५ दिनभित्र फ्ल्याटको रकम भुक्तानी गर्न आदेश दिएको छ । यदि फ्ल्याट मालिकहरुले अदालत रिसीभरद्वारा राखिएको ग्राहक डाटामा आफ्नो नाम दर्ता नगरेमा र बिहीबार जारी सार्वजनिक सूचनाबाट १५ दिन भित्र रकम भुक्तान गर्न शुरू नगरेमा बुक गरीएको फ्ल्याट रद्द हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सन् २०१६ मा आम्रपालीको ब्रान्ड एम्बेस्डरबाट राजीनामा दिएका धोनीले भने यस बारेमा केही बोलेका छैनन् । सर्वोच्च अदालतद्वारा आम्रपाली परियोजना अधिग्रहणपछि, सबै फ्ल्याट खरिदारहरुलाई आफ्नो विवरण दर्ता र शेष भुक्तानी गर्न भनिएको थियो ।