एमालेको विधान महाधिवेशन सर्‍यो

378
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

एमालेको विधान महाधिवशेन सरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले बताए ।

यसअघि महाधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म तोकिएको थियो । उनले समय अभाव र दस्तावेजको तयारी गर्नुपर्ने भएकाले महाधिवेशन सारेको बताएका छन् ।

विधान महाधिवेशनको तयारीका लागि आगामी असोज ३ र ४ गते स्थायी कमिटी र असोज ८ र ९ गते केन्द्रीय कमिटी बस्ने छ । यस्तै बैठकले अविधेशनका लागि तीन हजार प्रतिनिधि हुने निर्णय गरेको छ ।