भतिज पर्नेले गरे हत्या ,‘हेपाई’ सहन नसक्दा गरे कहालीलाग्दो हत्या !


न्युज अफ नेपाल,  काठमाडौं ।

संखुवासभाको मादीमा ६ जनाको सामूहिक हत्या भतिज नाता पर्नेले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उमलिङको खोला गाउँमा सोमबार एकै परिवारका ६ जनाको हत्या आरोप २५ वर्षीय नाती पक्राउ परेका हुन्। प्रहरीले हत्या आरोपमा पाँच दिनपछि आफन्तलाई नै पक्राउ गरी थप अनुसन्धान थालेको छ। अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेका भतिजको घर घटना स्थलबाट करिब डेढ सय मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए। उनीसँगै अर्का एक व्यक्तिलाई पनि हत्यामा सहयोग गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।

प्रहरीले आइतबार मात्र पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ।