कसले गर्ला एकीकृत समाजवादी सरकारको नेतृत्व ?


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधनमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी हुने सम्भावना छ । सर्वोच्च अदालतले २८ गते बोलाएको छलफल सकिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सतारुढ गठबन्धनको छ ।

यसबीच भौतिक पूर्वाधारसहित पर्यटन, भूमिसुधार, खेलकुद लगायतका ६ मन्त्रालय पाउने भनिएको एकीकृत समाजवादीबाट सरकारमा कसले नेतृत्व गर्छ भन्ने धेरैको छ ।

 मन्त्री हुनलाई संघीय सांसद हुनुपर्छ । माधव नेपालका संघीय संसदमा ३० सांसद छन् । जसमध्ये मुकुन्द न्यौपाने, बेदुराम भुसालहरु वरिष्ठ हुन् ।माधव नेपालले वरिष्ठताको आधार बनाए मुकुन्द न्यौपाने वा बेदुराम भुसालमध्ये एकजनाको नेतृत्वमा नेकपा एस सरकारमा सहभागी हुने छ ।

भुसाललाई महामन्त्री बनाउने तयारी माधव नेपालले गरेकाले उनले पार्टी संचालनको जिम्मेवारी पाउने र न्यौपानेको यसअघिको पर्फमेन्स राम्रो नभएकाले दुवैजना सरकारमा नजाने उनको भनाइ छ।नेकपा एसबाट खतिवडा, मेटमणि चौधरी, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रेम आले, रामकुमारी झाँक्रीलगायत मन्त्री हुने सम्भावना छ।