एमाले स्थायी कमिटी बैठक जारी


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरमा बसिरहेको छ । बैठकमा विधान अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा जारी बैठकमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित ओली समूहमै रहेका पृथ्वीसुब्बा गुरूङ र किरण गुरूङ अनुपस्थित छन् ।

उनीहरु पार्टीकै कामको शिलशिलामा व्यस्त भएकाले उपस्थित नभएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।