रहेनन् व्यवसायी रुक्मशमशेर राणा


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका चर्चित  व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ।

काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो। भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुन्।

भारतका लागि पूर्वनेपाली राजदूतसमेत भएका राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। उनका ज्वाइँ अनिलकेशरी शाहका अनुसार राणाको आइतबार दाहसंस्कार गरिनेछ।

सुवर्ण शमशेर राणाका जेठा छोरा कनक शमशेर, माइला कञ्चन र कान्छा रुक्म हुन् ।